सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले एमालेकी घिमिरेलाई भोट दिने

राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले एमालेकी घिमिरेलाई भोट दिने

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले एमालेकी घिमिरेलाई भोट दिने
    images

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ । 

    images
    images

    सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको एकीकृत समाजवादी एमाले उम्मेदवारलाई नै मत हाल्ने निर्णयमा पुगेको हो । नेकपा एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले सत्ता गठबन्धनमै रहेकाले कांग्रेस उम्मेदवारलाई मत दिन उचित नहुने भएकोले एमाले उम्मेदवारलाई भोट दिने बताइन् । 

    images
    images


    राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछन् । उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ । ५९ सदस्यीय राष्ट्रिय सभामा जित्नको लागि ३० मत आवश्यक पर्छ। माओवादीका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार