सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोशीमा एमाले र माओवादीको माग अनुसार विशेष अधिवेशन आह्वान

कोशीमा एमाले र माओवादीको माग अनुसार विशेष अधिवेशन आह्वान

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    कोशीमा एमाले र माओवादीको माग अनुसार विशेष अधिवेशन आह्वान
    images

    काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् ।

    images
    images

    २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने मागसहित अधिवेशनका लागि निवेदन दिएका थिए ।

    images
    images

    सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।

    दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले ६ बैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । संविधानमा प्रदेशसभाका एकचौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले निवेदन दिए विषेश अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार