सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने

प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने
    images

    काठमाडौं । नेपालले ओमानमा हुने एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाको सामना गर्ने भएको छ । 

    images
    images

    नेपालले पहिलो खेल शुक्रबार मलेसियासँग खेल्नेछ। नेपालको दोस्रो खेलमा शनिबार कतारसँग छ ।  वैशाख ३ गतेको हङकङसँग खेल्ने नेपालले समूह चरणको‌ अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग खेल्नेछ।

    images
    images

    अर्को समूहमा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

    प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै रोहित पौडेलले कप्तानीमा १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिसकेको छ । 

    नेपाली  क्रिकेट टोली:
    आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार