सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

च्याम्पियन्स लिगः पीएसजीकै घरमा बार्सिलोनाको जित

च्याम्पियन्स लिगः पीएसजीकै घरमा बार्सिलोनाको जित

साझा पोष्ट
बिहीबार , चैत २९ २०८०
  • images
    च्याम्पियन्स लिगः पीएसजीकै घरमा बार्सिलोनाको जित
    images

    काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाले पीएसजीलाई हराएको छ । स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी) लाई उसकै मैदानमा ३-२ ले पराजित गरेको हो । 

    images
    images

    पाहुना टोली बार्सिलोनाका लागि राफिन्हाले २ र आन्द्रेस क्रिस्टेन्सनले १ गोल गरे। पीएसजीको लागि औसमाने डेम्बेले र भिटिन्हाले १–१ गोल गरे। खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएपनि दोस्रो हाफको शुरुमै २ गोल गर्दै पीएसजीले अग्रता लिएको थियो । तर बार्साले पूनरागमन गर्दै २ गोल गरेर जित हासिल गर्यो । 

    images
    images

    अवे मैदानमा प्राप्त यस जितले बार्सिलोनाको लागि घरेलु मैदानमा हुने दोस्रो लेगमा केही सहज बन्नेछ ।

    अब दोस्रो लेग १६ अप्रिलमा बार्सिलोनाको मैदानमा हुनेछ ।अर्को क्वाटरफाइनल पहिलो लेगमा स्पेनकै एट्लेटिको मड्रिले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ ले हरायो ।

    घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोका लागि रोड्रिगो डे पउलले चौथो र लिनोले ३२औं मिनेटमा गोल गरे ।डर्टमण्डका लागि सेबास्टिन हेलरले ८१औं मिनेटमा एक गोल फर्काए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार