सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अन्तिम बलम जित्यो गुजरात, राजस्थानको पहिलो हार

अन्तिम बलम जित्यो गुजरात, राजस्थानको पहिलो हार

साझा पोष्ट
बिहीबार , चैत २९ २०८०
  • images
    अन्तिम बलम जित्यो गुजरात, राजस्थानको पहिलो हार
    images

    काठमाडौं ।  इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सको अपराजित यात्रामा ब्रेक लागेको छ ।

    images
    images

    बुधबार राति भएको  खेलमा गुजरात टाइटन्सले  राजस्थानलाई ३ विकेटले पराजित गरेको हो। राजस्थान पछिल्ला चार खेलमा अपराजित रहँदै ८ अंकसहित शीर्ष स्थानमा थियो। 

    images
    images

    राजस्थानले दिएको १९७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनायो। गुजरातले अन्तिम बलमा जित हासिल गर्यो । 

    अन्तिम ओभरमा गुजरातलाई जितका लागि १५ रन चाहिएको थियो ।  रासिद खानले आवेश खानको पहिलो बलमा चार, दोस्रो बलमा २ र तेस्रो बलमा चार रन जोडे । चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका प्रहार गरेपछि गुजरातले खेलमा रोमान्चक जित हासिल गर्यो ।राशिद खान ११ बल खेलेर २४ रनमा नटआउट  रहे। 


    गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए। ४४ बल खेलका उनले ६ चौका र २ छक्का प्रहार गरे। साई सुदर्शन ३५, राहुल तेवातिया २२, विजय शंकर १६ र शाहरुख खान १४ रनमा आउट भए । राजस्थानका कुलदीप सेनले सर्वाधिक ३ विकेट लिए। युजवेन्द्र चहलले २ विकेट लिँदा १ विकेट आवेश खानको नाममा रह्यो।

    त्यसअघि ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। राजस्थानका रियान परागले सर्वाधिक ७६ रन बनाए।

    ४८ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे। यशस्वी जयसवाल २४ रनमा आउट हुँदा कप्तान सन्जु सामसन ६८ र शिमरोन हेटमायर १३ रनमा नटआउट रहे।

    गुजरातका उमेश यादव र मोहित शर्माले १र१ विकेट लिए। जितसँगै छैटौँ स्थानमा रहेको गुजरातले ६ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ। एक खेल कम खेलेको राजस्थान ८ अंकसहित शीर्ष स्थानमा कायमै छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार