सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

संसदीय समिति बन्दैन, रविजीलाई प्रधानमन्त्री बनाउन नसकेपछि कांग्रेसले सहकारीको विषय उठायो : प्रचण्ड

संसदीय समिति बन्दैन, रविजीलाई प्रधानमन्त्री बनाउन नसकेपछि कांग्रेसले सहकारीको विषय उठायो : प्रचण्ड

साझा पोष्ट
बिहीबार , चैत २९ २०८०
  • images
    संसदीय समिति बन्दैन, रविजीलाई प्रधानमन्त्री बनाउन नसकेपछि कांग्रेसले सहकारीको विषय उठायो : प्रचण्ड
    images

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेका विषयमा कांग्रेसले मागे अनुसार संसदीय छानबिन समिति नबन्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले राजनीतिक पूर्वाग्रह राखेर कांग्रेसले विषय उठाएकोले पुरा गर्न सरकार तयार नभएको बताए । 
    संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको बेला प्रधानमन्त्री प्रचण्डको यो भनाइ सार्वजनिक भएको हो ।

    images
    images


    कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप प्रचण्डले लगाए ।

    images
    images

    ‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन,’ बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘समिति रविलाई भनेर बन्दैन, त्यो बन्न सक्दैन ।’

    नेपाली कांग्रेसले यसलाई राजनीतिक इस्यु बनाएको आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्डले यसको समाधान राजनीतिक समझदारीबाटै गर्नुपर्ने बताए । ‘रवि लामिछानेको केस अलग्गै र सहकारीको समस्या अलग गरेर छलफल गर्यो भने समाधान निस्किन पनि सक्छ भन्ने तिर गइराख्या छ र हाम्रो कोसिस पनि त्यतै छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

     सहकारी संस्थासँग सम्बन्धित इस्यु भन्दा पनि राजनीतिक इस्यु बढी बनाइएको बताए ।‘रवि लामिछानेको केस अहिले समीकरण बदलिएपछिको केस होइन । जतिबेला नेपाली कांग्रेससँगै थियो गठबन्धन त्यतिबेलै उठेको कुरा हो । त्यतिबेला यो विषय छानबिन हुनुपर्छ भनेको त कसैले पनि होइन । किनभने सीआईबीले छानबिनको आधार छैन भनेपछि सबैले स्वीकारेको कुरा हो, कांग्रेसले पनि,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    तर कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग नयाँ समीकरण बनेपछि यो विषयलाई बढी उछालिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन तोड्ने कोसिस समेत भइरहेको जिकीर गरे ।कांग्रेसले पहिलो प्रयास रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन गरेको र त्यो प्रयास सफल नभएपछि सहकारीको विषय उठाएको आरोप लगाए । ‘अहिले समीकरण बदलिएपछि पहिलो कोसिस भयो रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने । उहाँ प्रधानमन्त्री बनेर समीकरण उता जान तयार नभएपछि छानबिन समितिको कुरा आयो, भित्री कुरा यही हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    यदि रविरुद्ध कुनै प्रमाण भेटिए अनुसन्धान हुने उनले बताए । ‘मैले अनुसन्धानकर्ताहरुकै सुझावअनुसार बोलेपछि मैले कसैलाई बचाउनुपर्ने कुनै कारण पनि छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भोलि कुनै प्रमाण देखिन्छ भने अनुसन्धान गर्न सरकार पछि पर्दैन ।’

    अनुसन्धान गर्ने निकाय सीआईबीले नै रविविरुद्ध प्रमाण नभएको भनेपछि थप अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रचण्डको जिकिर छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार