सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसीसी प्रिमियर कप आजदेखि, नेपाल मलेसियासित खेल्दै

एसीसी प्रिमियर कप आजदेखि, नेपाल मलेसियासित खेल्दै

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    एसीसी प्रिमियर कप आजदेखि, नेपाल मलेसियासित खेल्दै
    images

    काठमाडौँ ।आज देखि एसीसी प्रिमियर कपको शुरु हुँदैछ । ओमानमा हुने प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

    images
    images

    नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् ।

    images
    images

    समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । नेपाल र मलेसियाबिच हालसम्म ९ टि_२० आई खेल भएका छन् । नेपाल ८ र मलेसिया १ खेलमा विजयी भएका छन् ।

    नेपाल २०२० को एसीसी इस्टर्न रिजनमा मलेसियासँग २२ रनले पराजित भएको थियो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा अल आउट भएको थियो । अन्य सबै खेलमा भने नेपाल विजयी भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार