सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मुम्बईको लगातार दोस्रो जित, बेंगलोरको पाँचौ हार

मुम्बईको लगातार दोस्रो जित, बेंगलोरको पाँचौ हार

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    मुम्बईको लगातार दोस्रो जित, बेंगलोरको पाँचौ हार
    images

    काठमाडौं ।  इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित हासिल गरेको छ । विहीवार राति मुम्बईले रोयल च्यालेन्जर्स बेंग्लोरलाई सात विकेटले हराएको हो । मुम्बईको यो लगातार तीन हारपछिको दोस्रो जित हो भने बेंगलोरले लगातार पाँचौ हार बेहोरेको छ  मुम्बईको घरेलु मैदान वानखेडेमा बेंगलोरले दिएको १९७ रनको लक्ष्य  मुम्बईले १५.३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । 

    images
    images

    मुम्बईलाई जिताउन इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय पालि खेल्दा रोहित शर्मा, हादिर्क पाण्ड्या र तिलक वर्माले पनि उत्कृष्ट ब्याटिंग गरे । 
     इशान किशन र रोहित शर्माले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गर्दै बलियो सुरुआत गराए । ८.५ ओभरमा पहिलो विकेटको रुपमा इशान किसन ६९ रन बनाएर आउट भए  । उनले ३४ बलमा ५ छक्का र ७ चौका प्रहार गरे । रोहित २४ बलमा ३८ रन बनाएर आउट हुँदा मुम्बईले ११.२ ओभरमा १३९ रन बनाएको थियो ।

    images
    images

    रोहितले तीन छक्का र तीन चौका प्रहार गरे । त्यसपछि सूर्यकुमार र कप्तान हार्दिक पाण्ड्या मिलेर टिमलाई जिततर्फ अघि बढाए ।  सूर्य कुमारले १९ बलमा ५२ रन बनाए । सूर्यकुमारले १७ बलमै अर्धशतक पूरा गरे  । उनले चार छक्का र पाँच चौका प्रहार गरे । कप्तान हार्दिक पाण्ड्या र तिलक बर्माले अन्त्यमा नटआउट पालि खेले ।पाण्ड्याले ६ बलमा २१ रन बनाउँदा तीन छकका प्रहार गरे भने वर्माले १० बलमा १६ रन बनाउँदा तीन चौका प्रहार गरे । बेंगलोरका आकाश दीप, विजयकुमार र विल ज्याकले एक एक विकेट लिए ।

     

    टस हारेर पहिला ब्याटिङ गरेको बेंगलोरले  आठ विकेटको क्षतिमा १९६ रन बनायो । तर उसको सुरुआत राम्रो भएन । स्टार क्रिकेटर विराट कोहली ३ रन बनाएर आउट हुँदा पहिलो विकेट १४ रनमा गुमेको थियो । त्यसपछि विल ज्याक ८ रन बनाएर आउट भएका थिए । कप्तान फाफ डु प्लेसिस र रजत पटिदार मिलेर बेंग्लुरुको पारि सम्हालेका थिए । पटिदारले २६ बलमा ५० रनको अर्धशतकीय पारि खेल्दै आउट हुँदा ११. ३ ओभरमा १०५ रन बनेको थियो ।

    पटिदारले आफ्नो पापिरमा चार चौका र तीन छक्का हिर्काए । ग्लेन म्याक्सवेल फेरि फ्लप भए । उनले खाता नै खोल्न सकेनन् । कप्तान प्लेसिस र दिनेश कार्तिकको जोडीले  टिमको स्कोर १५० प्लस बनाएको थियो ।

    १५३ रन हुँदा कप्तान प्लेसिस ६१ रन बनाएर आउट भएका थिए । उनले ४० बलमा तीन छक्का र चार चौका प्रहार गरे । त्यसपछि मेहिपल लोमरोरले खाता खोल्न सकेनन् भने सौरभ चौहान ९ रन बनाएर आउट भए ।

     दिनेश कार्तिक र आकाश दीप नटआउट रहे । कार्तिकले २३ बलमा आक्रामक  ५३ रन बनाउँदै  चार छक्का र पाँच चौका प्रहार गरे । आकाश दीप भने २ रनमा नटआउट रहे । मुम्बईका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिँदा गेराल्ड कोट्जी, आकाश भधवाल र श्रीयस गोपालले एक एक विकेट लिए । 


    दोस्रो जित पछि मुम्बई ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने लगातार हार व्यहोरेको बेंगलोर २ अंकका साथ नवौं स्थानमा छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार