सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मलेसियाविरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल

मलेसियाविरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    मलेसियाविरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल
    images

    काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    images
    images

    ओमनमा जारी प्रिमियर कपमा नेपालविरुद्ध मलेसियाले टस जितेर पहिला ब्याटिङ रोजेको हो । खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ । सोही समयमा समूह ए मा नै रहेका कतार र हङकङ पनि भिड्नेछन् । यस समूहमा साउदी अरब पनि रहेको छ । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया  छन् ।ओमान र युएईले आज नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरिसकेका छन् ।

    images
    images

    ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको हो । दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार