सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात, मध्यम लक्ष्यमा संघर्षपूर्ण जित

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात, मध्यम लक्ष्यमा संघर्षपूर्ण जित

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात, मध्यम लक्ष्यमा संघर्षपूर्ण जित
    images

    काठमाडौं ।  एसीसी प्रिमियर कप २०२४ मा नेपालले विजयी शुरुवात गरेको छ । ओमानमा जारी प्रतियोगितामा नेपालले मलेसियालाई ५ विकेटले हरायो । मलेसियाले  दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गर्यो । 

    images
    images

    नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रन बनाउँदै नट आउट रहे ।

    images
    images

    कप्तान रोहित पौडेलले आउट हुनु अघि २४ बलमा १ छक्कासहित २८ रन बनाए । यस्तै आसिफ शेख ३५ बलमा ४ चौकासहित ३२, कुशल भुर्तेल २४ बलमा ३ चौकासहित २४,  दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्कासहित २० र कुशल मल्ल ७ रन जोडे । 

    ओपनर आसिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । मलेसियाका विरनदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । पवनदीपसिंह र मोहम्मद वाकिफले १–१ विकेट लिए ।

    त्यसअघि अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।मलेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५।१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । नेपालका दीपेन्द्रसिंह ऎरीले २ विकेट लिए । यस्तै अभिनाश बोहराले १ विकेट लिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार