सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईपीएलमा लखनउका आयुष बदोनी र अर्शद खानको कीर्तिमानी साझेदारी

आईपीएलमा लखनउका आयुष बदोनी र अर्शद खानको कीर्तिमानी साझेदारी

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    आईपीएलमा लखनउका आयुष बदोनी र अर्शद खानको कीर्तिमानी साझेदारी
    images

    काठमाडौं ।  आयुष बदोनी र अर्शद खानले इन्डियन प्रिमियर लिग आईपीएलमा आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई १६८ रनको लक्ष्य दिएको छ ।

    images
    images

    लखनउमा पहिले ब्याटिङ  गरेको घरेलु टोलीले ७ विकेट गुमाएर १ सय ६७ रन बनायो । ९४ रनमा सात विकेट गुमाएको लखनउका लागि बदोनी र खानले ७३ रनको कीर्तिमानी साझेदारी गरे । यो आठौं विकेटका लागि भएको अहिलेसम्मकै ठूलो साझेदारी हो ।  यो जोडीले ४५ बलमा ७३ रन जोड्यो ।

    images
    images

    बदोनीले ३५ बलमा ५ चौका र १ छक्कासहित नटआउट ५५ र खानले १६ बलमा २ चौकासहित नटआउट २० रन जोडे । कप्तान के एल राुहुलले ३९ र क्वीन्टन डि ककले १९ रन जोडे । दिल्लीका लागि कुलदीप यादवले ३ र खलिल अहमदले २ विकेट लिए । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार