सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

लखनउमाथि दिल्लीको शानदार जित

लखनउमाथि दिल्लीको शानदार जित

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    लखनउमाथि दिल्लीको शानदार जित
    images

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

    images
    images

    शुक्रबार राति  भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६८ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

    images
    images

    दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाए  भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रनको योगदान गरे ।

    त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए । पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्दतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।

     दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए ।

    यो दिल्लीको यस सिजनमा दोस्रो जित हो । ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ ।  

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार