सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल आज कतारसँग खेल्दै

नेपाल आज कतारसँग खेल्दै

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    नेपाल आज कतारसँग खेल्दै
    images

    काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज कतारको सामना गर्दैछ । 

    images
    images

    खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान–१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

    images
    images


    कतार पहिलो खेलमा हङकङसँग  २६ रनले पराजित भएको थियो ।  २०२ रनको लक्ष्य पछ्याउने क्रममा कतारले १७५ रन बनाएको थियो ।  नेपालले भने मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा पूरा गरेको थियो ।


    नेपाल र कतारबीच हालसम्म एक मात्रै टी–२० आई खेल भएको छ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । १० टोली सहभागी यस प्रतियोगिता विजेताले टी–२० एसिया कप खेल्न पाउनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार