सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसीसी  प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

एसीसी  प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    एसीसी  प्रिमियर कपमा युएईको लगातार दोस्रो जित
    images

     काठमाडौं । ओमानमा जारी एसिसि  प्रिमियर कपमा युएईले लगातार दोस्रो जित दर्ता गरेको छ । युएईले आज बहराइन माथि ३७ रनको जित निकालेको हो ।  बहराइनको भने यो लगातार दोस्रो हार हो ।
    युएईले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्र बनाउन सक्यो ।

    images
    images

    बहराइनका लागि इमरान अनवरले २२ बलमा २ चौका र ७ छक्का सहित ६० रन बनाए भने इमरान अलीले ३० बलमा ३५ रन जोडे । यस्तै जुनेड अजीजलिए १८ बलमा २४ रन बनाउँदा उमेर तुरले १७ रन बनाए । रिजवान बटले पनि १७ रन जोडे ।

    images
    images

    युएईका लागि आयन खानले ३ तथा मुहम्मद फरूकले २ विकेट लिए । जुनेद सिद्दिकी र आकिफ राजाले १(१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३६ रनको विशाल योगफल खडा गरेको हो ।

    युएईका लागि आलिशान शराफूले ४१ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ७८ रन बनाए । यस्तै आशिफ खानले २७ बलमा १ चौका र ८ छक्का सहित ६६ रन जोडे । कप्तान मुहम्मद वासिमले ४० बलमा ६५ रन बनाए ।बहराइनका लागि इमरान अनवरले ३ तथा रिजवान बट र अब्दुल माजिदले १-१ विकेट लिए ।

    आज प्रतियोगिता अन्तर्गत समूह ए मा नेपाल र कतार तथा साउदी अरेबिया र मलेसिया पनि भिड्नेछन् । यस समूहमा हंगकंग पनि रहेको छ । प्रतियोगिताको समूह बी मा ओमान, यूएई, कुवेत, बहराइन र कम्बोडिया  छन् ।

    समूह बी का ओमान र युएईले हिजोआ–आफ्ना खेलमा जित हासिल गरेका थिए । आज नै कुवेतले कम्बोडिया माथि ८ विकेटको जित दर्ता गरेको छ । 

    दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार