सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    कतारविरुद्ध टस जितेर ब्याटिङ  गर्दै नेपाल
    images

     काठमाडौं । ओमनमा जारी  एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले कतार विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।  अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका छन् । 

    images
    images

    नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ । करन केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् । 

    images
    images

    खेल नेपाली समय अनुसार ४ः १५ बजे सुरु हुनेछ । सोही समयमा समूह ए मै रहेको मलेसिया र साउदी अरेबिया पनि भिड्नेछन् । यो मा हंगकंग पनि  छ ।

    नेपालले आफ्नो पहिलो खेलमा हिजो मलेसिया माथि ५ विकेटको जित दर्ता गरेको थियो । यस्तै हंगकंगले हिजो कतारलाई हराएको थियो ।
    नेपाली टोली :
    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा

    बेन्च:  प्रतिश जिसी, अनिल शाह, करन केसी

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार