सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
    images

    काठमाडौं । दीपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गरेपछि नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

    images
    images

    पहिलो खेलमा शुक्रवार मलेसियालाई ५ विकेटले हराएको नेपालले आज दोस्रो खेलमा कतारविरुद्ध ३२ रनको जित निकाल्यो । नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान मोहम्मद तनबीरले सर्वाधिक ६३ रन जोडे ।

    images
    images

    मोहम्मद अनहाफले २३ र हिमांशु राठौडले २२ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी  र गुल्सन झाले समान २ विकेट 
     लिए । कुशल मल्ल र अविनाश बोहराले एक एक विकेट हात पारे ।  ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले म्यान अफ द म्याद दीपेन्द्रसिंह ऐरीको  बिस्फोटक ब्याटिङमा  निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे ।

    २१ बल खेलेका उनले ७ छक्का र ३ चौका हाने । त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार