सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रोमाञ्चक खेलमा राजस्थान विजयी

रोमाञ्चक खेलमा राजस्थान विजयी

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    रोमाञ्चक खेलमा राजस्थान विजयी
    images

     काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ ।निकै प्रतिपर्धात्मक र रोमाञ्चक खेलमा राजस्थानले बाजी मार्यो । 
    पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गरेको हो । राजस्थानका यसस्वी जैसवालले ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाए भने सिमरन हेटमेरले अविजित २७ रनको योगदान गरे ।

    images
    images

    पन्जाबका कागिसो राबडा र साम कुरानले दुई–दुई तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान एकरएक विकेट लिए ।

    images
    images

    टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । जसमा अशुतोष शर्माले ३१, जितेश शर्माले २९, लिभिङटनले २१, अर्थभ टेडी र जोनी ब्रेस्टोले १५–१५ रनका योगदान गरे । 

    राजस्थानका अभेस खान, केशव महाराजले दुई–दुई तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चहलले एकरएक विकेट लिएका थिए ।

    राजस्थान ६ खेलमा ५ खेल जित्दै १० अंकसहित शीर्षस्थानमा छ भने समान खेलबाट ४ अंकमात्रै जोडेको पन्जाब ८औं स्थानमा छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार