सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अप्रत्याशितरूपमा संसद अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक काम: कांग्रेस

अप्रत्याशितरूपमा संसद अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक काम: कांग्रेस

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    अप्रत्याशितरूपमा संसद अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक काम:  कांग्रेस
    images

    काठमाडौं । नेपाली कांग्रेसले अप्रत्याशितरूपमा संसदको हिउँदे अधिवेशन अन्त्य गरिएको भन्दै आपत्ति जनाएको छ ।  सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको कांग्रेस संसदीय दलको बैठक निष्कर्ष निकालेको छ  

    images
    images

    कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अप्रत्याशितरूपमा चालू अधिवेशन अन्त्य गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताए ।

    images
    images

    संसदीय दलको बैठकपछि बोल्दै लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले २ दिनमात्रै संसद अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने जिकिर गरे ।

    उनले भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ । यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।’

    सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा पनि सरकार सदनबाट भागेर हिँडेको कांग्रेसको भनाइ छ । सरकारले आज राति १२ बजदेखि संसद अधिवेशन  अन्त्य गर्ने निर्णय गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार