सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेश

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेश

सांसदको सनाखत गराउने तयारीमा प्रदेश प्रमुख

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेश
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०कै दुई सांसदले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । यसमा नेकपा एकीकृत समाजवादी कांग्रेसको खेमामा उभिएको छ । 

    images
    images

    नाउपाका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस(१८) र एकीकृत समाजवादी (४) को समर्थनमा दावी पेश गरेका छन् ।

    images
    images

    नाउपाकै कैलाश चौधरीले एमाले (१०), माओवादी केन्द्र (सभामुखसहित ११) र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    सुदूरपश्चिममा नाउपाका ६ सांसद छन् । रेमश चौधरी पक्षका चार सांसदले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने कैलाशलाई अघि सारेका हुन् । उनका पक्षमा २ सांसद छन् । 
    प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।

    दुई वटा दाबी पेश भएपछि प्रदेश प्रमुखले तत्काल निर्णय नलिने भएका छन् ।

    उनले कानुनी परामर्श गर्ने र आवश्यक परे सांसदहरुलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्ने बताएका छन् ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार