सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एकीकृत समाजवादीको सुदूरपश्चिम 'मुभ'ले सत्ता गठबन्धनमा हलचल

एकीकृत समाजवादीको सुदूरपश्चिम 'मुभ'ले सत्ता गठबन्धनमा हलचल

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    एकीकृत समाजवादीको सुदूरपश्चिम 'मुभ'ले सत्ता गठबन्धनमा हलचल
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको नयाँ सरकार गठनमा नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेसको साथमा उभिएपछि  सत्ता गठबन्धनमा हलचल उत्पन्न भएको छ । 

    images
    images

    पूर्वसहमति अनुसार सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नपाएपछि प्रदेशमा नयाँ समीकरण बनेको छ । नयाँ समीकरण अनुसार नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीको रेशम चौधी पक्ष र नेकपा एकीकृत समाजवादी पार्टी एक ठाउँमा पुगेका छन । कांग्रेससँग मिलेर नेकपा एकीकृत समाजवादीले नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नै गरेर प्रदेश प्रमुखलाई बुझाएको छ । एमाले र माओवादी केन्द्रको समर्थन लिएर नाउपाको रञ्जिता श्रेष्ठ पक्षीय कैलाश चौधरीले पनि मुख्यमन्त्री दाबी पेस गरेका छन् । सत्ता गठबन्धनबाट सुदुरपश्चिमको हकमा एकीकृत समाजवादी अर्को कित्तामा पुगेको छ र  सत्ता गठबन्धन संकटमा पर्ने देखिएको छ । यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । 
    एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने अघिल्लो सहमतिबाट एमाले अध्यक्ष केपी शर्मा ओलीपछि हट्दा कांग्रेससहितको नयाँ समीकरण बन्न पुगेको हो । ‘सहमति एउटा गर्ने व्यवहार अर्को गर्ने भएपछि समस्या देखिएको हो । राजनीतिक इमानदारिताको कमी भयो  ।’ एक पदाधिकारीले भने । 
    सात प्रदेशको सरकारको नेतृत्वको भागवण्डामा एकीकृत समाजवादीले बागमती र सुदुरपश्चिमा मुख्यमन्त्री दाबी गरेको थियो । भागबन्डाको छलफलमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमतीसँगै लुम्बिनीको मुख्यमन्त्री लिए ।

    images
    images

    एमालेको भागमा कोशी, गण्डकी र कर्णाली पर्‍यो, एकीकृत समाजवादीलाई सुदूरपश्चिम दिने समझदारी भयो । आलोपालोमा बागमती प्रदेश पनि एकीकृत समाजवादीको भागमा पर्यो । तर आईतवार विहान प्रधानमन्त्री निवास बालुवटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पूर्वसहमति विपरित एमाले  अध्यक्ष ओली प्रस्तुत भए र त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि साथ दिए ।   छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसहमतिअनुसार सुदूरमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउनुपर्ने धारणा राखेका थिए । तर नेता नेपालको यो भनाइमा एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएनन् । प्रधानमन्त्री प्रचण्डले ओलीका कारण   नाउपालाई मुख्यमन्त्री दिनुपर्ने बाध्यता भएको संकेत गरे । र, त्यो सहमति भयो ।
    यो कुरा प्रचण्डले बैठक सकिएपछि समाजवादीका नेताहरुलाई भनेका छन् ।  ‘मैले त एकीकृत समाजवादीलाई नै दिने भनेको हो, तर ओलीजी सकारात्मक बन्नुभएन । त्यसैले नाउपालाई नै समर्थन गरौँ’, प्रधानमन्त्री प्रचण्डले नेता नेपाललाई गरेको आग्रह उद्धृत गर्दै एकीकृत समाजवादीका एक नेताले भने ।  
     तर त्यसपछि नेता नेपाल बालुवाटारबाट बिच्किएर बाहिरिए । जसको परिणाम सुदुरपश्चिममा फरक धारमा उभिएर माधव नेपालले देखाए । एकीकृत समाजवादी अब पूर्वसहमति बागमतीमा पनि पालना नहुने निष्कर्षकमा पुगेका छन् । त्यसैले सुदुरपश्चिमलाई परिक्षणका रुपमा अघि बढाएका छन् । यसको असर अरु प्रदेश र केन्द्रीय सत्तागठबन्धनमा पनि पर्न सक्छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार