सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

माओवादीमै फर्किए विश्वदीप, प्रचण्डले गरे स्वागत

माओवादीमै फर्किए विश्वदीप, प्रचण्डले गरे स्वागत

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    माओवादीमै फर्किए विश्वदीप, प्रचण्डले गरे स्वागत
    images

    काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य विश्वदीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।

    images
    images

    नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा एक कार्यक्रमबीच पार्टीमा स्वागत गरे । 

    images
    images

    पाण्डे डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। उनी जनयुद्धकालदेखिनै बाबुरामको साथमा थिए । 

    आजै बिहान उनले सामाजिक सञ्जालमार्फत् नेपाल समाजवादी पार्टी छाडेको जानकारी गराएका थिए।  आफ्नो सचिवालयमा काम गराउने गरी प्रचण्डले पाण्डेलाई पहिलेदेखिनै पार्टीमा फर्काउन खोजिरहेका थिए । तर अहिलेको जिम्मेवारी भने बताइएको छैन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार