सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसीसी प्रिमियर कपमा नेपाल आज हङकङसँग खेल्दै, यस्तो छ हेड टु हेड

एसीसी प्रिमियर कपमा नेपाल आज हङकङसँग खेल्दै, यस्तो छ हेड टु हेड

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    एसीसी प्रिमियर कपमा नेपाल आज  हङकङसँग खेल्दै, यस्तो छ हेड टु हेड
    images

     काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज नेपालले हङकङसँग खेल्दैछ । खेल अहिले विहान ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।

    images
    images

    नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।  हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।प्रिमियर कपको उपाधि दाबेदार मध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठुलो धक्का पुगेको देखिएको छ । यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा  छ । अर्कोतर्फ नेपाल भने  विजय यात्रालाई निरन्तरता दिएर सेमिफाईनल यात्रालाई औपचारिक बनाउने तयारीमा छ । 

    images
    images

    नेपाल र हङकङबीच ९ टी–२० आई खेल भएका छन् । दुबै टोली समान ४ खेलमा विजयी हुँदा एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्ला पाँच भेटमा नेपाल २ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो ।

    १० टोली सहभागी प्रिमियर कपको विजेताले एसिया कप टी–२० प्रतियोगिता खेल्न पाउनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । साउदी २ खेलमा समान १ मा जित र हारसहित दोस्रो स्थानमा छ । मलेसिया र हङकङको समान खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक भए पनि नेट रनरेटका कारण तेस्रो र चौथो स्थानमा छन् । कतार २ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

    समूह ‘बी’ मा ओमान र युएईको सुरुवाती २ खेलमा ४–४ अंक छ । नेट रनरेटको कारण ओमान शीर्ष र युएई दोस्रो स्थानमा छन् । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो, बहराइन र कम्बोडिया समान २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार