सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रोहितको शतकका बाबजुद चेन्नइसँग हार्‍यो मुम्बई

रोहितको शतकका बाबजुद चेन्नइसँग हार्‍यो मुम्बई

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    रोहितको शतकका बाबजुद चेन्नइसँग हार्‍यो मुम्बई
    images

    काठमाडौं । रोहित शर्माको शतकका बाबजुद मुम्बई इन्ण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्ससँग २० रनले पराजित भएको छ । 

    images
    images

    २०७ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो । रोहितले नटआउट १०५ रन बनाए । रोहित क्रिजमा जमिरहँदा अरु ब्याटरको गतिलो साथ पाएनन् । 

    images
    images

    इशान किसनले २३,  तिलक बर्माले ३१ र टिम डेभिडले १३ रन बनाए । अरु कुनै ब्याटरले दोहोरो अंक जोड्न नसक्दा मुम्बइ चेन्नाइसामु निरीह भयो ।

    bishwadeep.jpeg
    मुम्बइलाई रोक्न चेन्नाइका मथिशा पाथिरानाले जम्मा २८ रन खर्चेर चार ओभरमा चार विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले एकरएक विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले चार विकेट गुमाएर २०६ रन बनाएको थियो ।  रुतुराज गायकवाडले ६९,  शिभम दुबेले ६६ रनको योगदान गरे । रचिन रविन्द्रले २१, महेन्द्रसिंह धोनीले २० र र्डेल मिचेलले १७ रन बनाए । अन्तिम चार बल खेलेका धोनीले लगातार ३ छक्का हाने र अन्तिम बलमा २ रन लिए । 

    मुम्बइका हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले एकरएक विकेट लिए । यो खेल जितेसँगै चेन्नाइ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बइ ८औं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार