सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि, बायर्न म्युनिखको आधिपत्य तोडियो

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि, बायर्न म्युनिखको आधिपत्य तोडियो

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि, बायर्न म्युनिखको आधिपत्य तोडियो
    images

    काठमाडौं । बायर्न म्यूनिखको आधिपत्य तोड्दै बायर लिभरकुसेनले क्लब इतिहासमा पहिलो पटक जर्मन बुन्डेस लिगाको उपाधि पक्का गरेको छ। 

    images
    images

    आइतबार राति वेर्डर ब्रेमनलाई ५–० को फराकिलो अन्तरले हराउँदै लिभरकुसनले पहिलो पटक लिग उपाधि पक्का गरेको हो। लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक–एक गोल गरे ।

    images
    images

    ९०औं मिनेटमा विर्ट्जले गोल गरेपछि समर्थकहरुले मैदान प्रवेश गरेपछि रेफ्रीले खेल अन्त्य गरेका थिए ।क्लबको १ सय २० वर्षे इतिहासमा लिभरकुसेन पहिलो पटक च्याम्पियन बनेको हो। बुन्डेसलिगा जित्ने लिभरकुसन १३ औँ क्लब हो। सन् २००८–०९ पछि बुन्डेसलिगाले नयाँ च्याम्पियन पाएको हो। 

    bundesliga_audience.png

    जाभी अलोन्सोको प्रशिक्षणमा रहेको लिभरकुसेन यो सिजन अपराजित छ। लिभरकुसेनले उपाधि पक्का गरेसँगै लागातार ११ पटक उपाधि जितेको बायर्न म्युनिखको उपाधि रक्षा यात्रामा पूर्णविराम लागेको छ।  २०११–१२ को सिजनमा बोरुसिया डर्टमुण्डले  जितेयता बायर्नले लगातार लिग जित्दै आएको थियो ।
    लिभरकुसनले २९ मध्ये २५ खेलमा जित र ४ खेलमा बराबरी गर्दै ७९ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको बायर्नको समान खेलबाट ६३ अंक छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार