सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

हङकङले नेपाललाई दियो ११५ रनको सामान्य लक्ष्य

हङकङले नेपाललाई दियो ११५ रनको सामान्य लक्ष्य

अभिनाश बोहराले ३ तथा ललित र दीपेन्द्रले २–२ विकेट लिए

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    हङकङले नेपाललाई दियो ११५ रनको सामान्य लक्ष्य
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङविरुद्ध जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पाएको छ ।

    images
    images

    अल अमेरत मैदानमा टस हारेर ब्याटिङ  गरेको हङकङले निर्धारित १८ ओभरको खेलमा ११४ रन बनाएर १ बल अघि नै अलआउट भयो ।  नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । 
    ओपनर मार्टिन कोट्जीलाई ८ रनमा तेस्रो ओभरमा गुमाएको हङकङका लागि अंशुमन रथले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिए ।  रन जोडे ।

    images
    images


     जिशान अली १४, निजाकत खान  १२, एहसान खान ११, एजाज खान ७, बाबर हायात ६,नसरुल्ला राना ६ र यासिम मुर्तजा २ रनमा आउट भए । नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।

    नेपाल लगातार तेस्रो जितको खोजीमा छ । आजको खेल जिते  समूह विजेता बनेर सेमिफाईनल पुग्ने नेपालको  सम्भावना बलियो हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार