सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमालेको परिषद् बैठकमा आज समूहगत छलफल

एमालेको परिषद् बैठकमा आज समूहगत छलफल

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    एमालेको परिषद् बैठकमा आज समूहगत छलफल
    images

    काठमाडौं। नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज पेस भएका  प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ ।

    images
    images

    ललितपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

    images
    images

    परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ ।

    प्रतिवेदन आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची छ । एउटा समूहमा चार सय जना रहने गरी दुई हजार चार सय ५४ प्रतिनिधिको समूहगत व्यवस्थापन गरिएको छ । 
    एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना बनाउने पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले  जानकारी दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार