सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बझाङमा ११ सय मात्रै मत गन्न बाँकी, एमालेको अग्रता बढ्दै

बझाङमा ११ सय मात्रै मत गन्न बाँकी, एमालेको अग्रता बढ्दै

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    बझाङमा ११ सय मात्रै मत गन्न बाँकी, एमालेको अग्रता बढ्दै
    images

     काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’ उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन् । 

    images
    images

    साइपाल गाउँपालिकाको १११४ मत मात्रै गणना गर्न बाँकी हुँदा भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् । भण्डारीले ११,१०३ मतसहित अग्रता लिइरहँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित पछ्याइरहेका छन् ।

    images
    images

    तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत प्राप्त गरेका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार