सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने: धिक्कार छ

ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने: धिक्कार छ

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने:  धिक्कार छ
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आक्रामक टिप्पणी गरेका छन् । 
    अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीमाथि कटाक्ष गरेका हुन् । 

    images
    images

    आफूहरुले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते नगर्ने पनि उनले प्रष्टिकरण दिए । नेपालको राजनीतिलाई ठिक दिशामा अगाडि बढाउन आफ्नो पार्टीको निर्णायक भूमिका रहेको उनले दाबी गरे । एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै उनले आफूहरुप्रति ओलीले नकारात्मक सोच राखेको टिप्पणी गरे ।  ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरु पनि छन् यो समाजमा, पोले पोलोस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ । परिस्थिति हाम्रो अनुकुल बनाउने कुरामा ध्यान जानुपर्छ ।’ उनले भने । 

    images
    images

    एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान विपरीत कार्यलाई अझै सही गरेँ भन्दै हिँडेकाले समस्या भएको उनले बताए । 
     ‘०७४ सालमा मौका पाएर दुई तिहाइमा पुगेको स्थिति थियो। त्यो सदुपयोग गर्न सकेनौँ। त्यो गल्ती महसुस गरेर आत्मालोचना गर्नुपर्छ कि भनेर हामीलाई त्राहिमाम् भएको छ।’ उनले भने, गल्ती हुनसक्छ, स्वीकार गर्ने, नदोहोर्‍याउने, अहिले पनि संसद् विघटन गरेको ठिक छ भन्दिने, संविधान मिचेर ठिक गरियो भन्दिने, यस्तो कुरा जान हुँदैन। त्यही पनि अब पुरानो कुरा नगरौँ भने पनि ठिकै छ।’

    उनले अब पुराना कुरा छाडेर नयाँ हातेमालो गर्दै अगाडि बढ्न प्रस्ताव गरे। उनले आफूहरू कम्युनिष्ट आन्दोलनको रक्षाको लागि समाजवादी मोर्चा गठन गरेको बताए।उनले भने, ‘अहिले समाजवादी मोर्चा बनाएका छौँ। जिल्ला तहको कार्यक्रम गर्ने तयारी छौँ। अरू पनि आउँछन् भने स्वागत गरेका छौँ। अरू आउँदैनन् भने हामी गाली गर्दैनौँ, हाम्रो त्यस्तो संस्कार छैन। मान सम्मान गर्ने बानी बसेको मान्छौँ, कसैलाई पीडा नहोस् भन्ने ठान्ने मान्छे।’

    उनले नयाँ सत्ता समीरणमा असन्तुष्टि जनाउँदै कुनै बेला सोझो औलाले घिउ ननिस्किएपछि बङ्ग्याउनुपर्ने बाध्यता आइलाग्ने गरेको सुनाए।

    उनले भने, ‘राजनीतिमा कहिलेकाहीँ त्यस्तो पनि चाहिन्छौँ। तर, अनुचित कार्य हुँदैन। देशको राजनीतिक गलत दिशातर्फ नजाओस् भन्ने कुरामा हामी सजग छौँ। सही दिशातर्फ अगाडि बढोस् भन्ने पक्षमा छौँ। कताबाट यो बाटो घुम्छ त्यो पनि विचार गरिरहेका छौँ। घुम्ती बाटोमा हिँड्दादेखि, मोटर घुमाउँदा दुर्घटनामा नपरोस् भन्ने कुरामा विचार गरिरहेका छौँ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार