शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

वेस्टइण्डिज 'ए' ले नेपाललाई दियो २ सय १० रनको लक्ष्य

वेस्टइण्डिज 'ए' ले नेपाललाई दियो २ सय १० रनको लक्ष्य

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    वेस्टइण्डिज 'ए' ले नेपाललाई दियो २ सय १० रनको लक्ष्य
    images

    काठमाडौं । वेस्टइण्डिज ए ले चौथो टी २० मा नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    कीर्तिपुरमा टस जितेर पहिले ब्याटिंग गरेको पाहुना टोलीले तीन विकेटको क्षतिमा २ सय ९  रन बनायो । उसका लागि  आन्द्रे फ्लेचरले सर्वाधिक नटआउट ८४ रन बनाए । ५४ बलको सामना गरेका उनले नौ चौका र ४ छक्का हाने । यस्तै फेबियन एलेनले १९ बलमा नटआउट ३३ रनको योगदान गरे ।

    images
    images

    जोनसन चाल्र्स ३० बलमा ५४ रन बनाएर आउट भए । नेपालले २५ रन अतिरिक्त दियो । नेपालका लागि कुशल भुर्तेलले २ र प्रतीश जीसीले १ विकेट लिए । पाँच खेलको श्रृंखलामा २–१ ले पछि छ । श्रृंखला जित्ने संभावना कायमै राख्न नेपालले आज जित्नै पर्नेछ, अन्यथा नेपालले एक खेल अघि नै श्रृंखला गुमाउनेछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार