शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

प्रचण्ड र ओलीबीच झण्डै दुई घण्टा भेटवार्ता

प्रचण्ड र ओलीबीच झण्डै दुई घण्टा भेटवार्ता

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    प्रचण्ड र ओलीबीच झण्डै दुई घण्टा भेटवार्ता
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो।भेटवार्तापछि ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। साथै, उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिटै अधिवेशन बोलाउने विश्वास पनि व्यक्त गरे।

    images
    images

    ‘संसदको अधिवेशन छिट्टै बोलाउनुहोला। यो सरकारको मामिला हो। संसदको मामिला हो,’ ओलीले भने, ‘प्रधानमन्त्रीसँग समसामयिक राजनीति लगायतका विषयमा छलफल भयो।’
    आजको भेटमा गत वैशाख १५ गते भएको उपनिर्वाचनको विषयमा पनि समीक्षा भएको बताईएको छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार