काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन्।
भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभावी गर्न नमिल्ने भन्दै उनीहरुलाई आवासको व्यवस्था गर्न काठमाडौं महनगरपालिकालाई सुझाव दिए।
‘समस्या समाधानमा सुकुम्बासी कहिल्यै पनि बाधक हुँदैन। सुकुम्बासीमाथि ज्यादति गर्यो भने अनि सुकुम्बासीहरू त्यसको प्रतिरोधमा उत्रिन्छन्,’ ओलीले भने, ‘कहीँ हेप्ने मानिस भेटिएन। अनि, सुकुम्बासीलाई हेप्ने रु कहीँ हेप्ने मानिस भेटिएन, थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्बासीको लालाबाला तर्साएर कुुन बहादुर हुन्छरु त्यसकारण त्यतातिर होइन, समस्या समाधानतर्फ लागौँ।’
काठमाडौँ महानगरपालिकाले लालपूर्जा नभएको भन्दै सुकुम्वासी बस्तीहरु डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र साहले निरन्तरता दिईरहेका बेला ओलीले बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान सुरु गर्नुपर्नेमा जोड दिए ।
‘सुकुम्बासी बस्ती हटाउनु मात्रै होइन, जथाभावी गर्ने हो भने त के भयो र। सुकम्बासीहरूलाई लखेटी दिए भयो। मारिदिए भयो। जे पनि गर्ने हो भने। तर जे पनि गर्न मिल्दैन लोकतन्त्रमा। त्यसको व्यवस्थापन गर्नुपर्छ। समस्या समाधान गर्नुपर्छ। जहासुकै जाउ, जेसुकै गर, खाए खाउ, नखाए मर भन्ने सरकार हुँदैन,’ उनले भने।
मेयर साहलाई सुकुम्वासीमाथि ज्यादति नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरुलाई हेप्नेरु भनि प्रश्न पनि गरे।
सुकुम्बासीहरूको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीले बताए ।