काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामीकावाबीच आइतबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए । दक्षिण एसिया भ्रमणका क्रममा श्रीलंकाबाट आइतबार बिहान काठमाडौं उत्रिएकी विदेशमन्त्री योको प्रतिनिधिमण्डलसहित सिंहदरबार पुगेकी थिईन् ।
भेटवार्तामा नेपाल र जापानको सम्बन्धको विविध पक्षलगायत विषयमा छलफल भएको छ । भेटमा मन्त्री श्रेष्ठले योकोलाई पेन्टिङ उपहार दिएका थिए ।