आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् ।

    images
    images

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले छुट्टाछुट्टै पत्र लेखी आफ्नो आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम सञ्चारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन् । 

    images
    images

    देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्न सदाचार आचरण महत्त्वपूर्ण हुने भन्दै मन्त्रीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनीहरुको तर्क छ ।

     प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले  नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्छ ।यस्तो विवरण दुई महिनाभित्र राष्ट्रिय सतर्कता केन्द्रमा पठाउनुपर्छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार