काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमुन्ड ११ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पीएसजीलाई १–० ले पराजित गर्दै डर्टमुन्डले फाइनलमा स्थान पक्का गरेको हो। डर्टमुन्ड समग्रमा २–० को नतिजा निकाल्दै ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्यो ।
खेलको ५० औँ मिनेटमा जुलियन ब्रान्ड्टको कर्नरमा डिफेन्डर म्याट्स हुमेल्सको हेडर गोलमा परिणत भयो।र, त्यही नै जितका लागि पर्याप्त भयो ।
डर्टमुन्डले अब उपाधिका लागि रियल मड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्नेछ। यो खेल आजै राति हुनेछ। रियल र बायर्नले सेमिफाइनलको पहिलो लेगमा २–२ को बराबरी खेलेका थिए।