सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, द्विविधा नरहोस् : प्रधानमन्त्री

अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, द्विविधा नरहोस् : प्रधानमन्त्री

साझा पोष्ट
बुधबार, वैशाख २६ २०८१
  • images
    अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, द्विविधा नरहोस् :  प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकार पूरा अवधि चलाउने बताएका छन् ।

    images
    images

    सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारपूरै अवधि चलाउने बताएका हुन् ।

    images
    images

    ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, द्विविधा नरहोस् ।’  प्रधानमन्त्री प्रचण्डले भने । सरकार लामो समय टिक्क टिक्दैन र गठबन्धन कायम रहन्छ कि रहन्न भनेर विभिन्न टिप्पणी भैरहेको बेला प्रधानमन्त्री प्रचण्डले जसरी भए पनि आफ्नो सरकार पाँच वर्ष चलाउने बताएका हुन् । 

    प्रचण्डले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन् ।‘नीति कार्यक्रम र बजेटमार्फत आमनागरिकमा भरोसा स्थापित गर्ने प्रयास हुनेछ,’ उनले भने, ‘विकासको नयाँ युग सुरु हुन्छ, नीति कार्यक्रम र बजेट एक अर्काको पुरक हुनेछन् ।’

    सूचना प्रविधि र कृषिलाई केन्द्रित गरेर नीति बनाइरहेको प्रधानमन्त्रीले बताए । ‘आर्थिक अवस्था संकटमुक्त भइसकेको छैन । तर मैले नेतृत्व लिए यता धेरै सकारात्मक परिवर्तन भएका छन् । सन्तोषजनक नभए पनि प्रगति राम्रै छ,’ प्रचण्डले भने ‘लगानी सम्मेलनपछि विदेशी लगानी भित्रिंदै जाने र विकास बढ्दै जाने अवस्था बनेको छ । विदेशी मुलुकका उच्चस्तरको राजनीतिक भ्रमणले अत्यन्त राम्रो वातावरण बनेको छ ।’

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार