सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सन्दीपको मुद्दामा जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति

सन्दीपको मुद्दामा जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति

साझा पोष्ट
बुधबार, वैशाख २६ २०८१
  • images
    सन्दीपको मुद्दामा जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

    images
    images

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले विभिन्न व्यक्ति र संस्थाबाट अपुष्ट एवं आधारहिन तरिकाले आफूमाथि व्यक्तिगत आरोप लगाइएको गुनासो गरेका छन् । 

    images
    images

    ‘पछिल्लो केहि समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खड्काले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।  
    आफूविरुद्ध भइरहेको ‘नियोजित षडयन्त्र’ लाई कानूनी दायरामा ल्याउने उनले चेतावनी समेत दिईरहेका छन् । 
     ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ’,खड्काले भनेका छन्,‘यो सबैका बिच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’

    उनले नेपाली क्रिकेटको विकास र विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने पनि स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार