सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोशीमा छैठौं पटक सरकार गठनको आह्वान, संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग

कोशीमा छैठौं पटक सरकार गठनको आह्वान, संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग

वैशाख २८ गतेसम्म दाबी पेश गर्नुपर्ने

साझा पोष्ट
बुधबार, वैशाख २६ २०८१
  • images
    कोशीमा छैठौं पटक सरकार गठनको आह्वान, संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग
    images

    काठमाडौं । गठबन्धन फेरिएको लामो रस्साकस्सीबीच कोशीमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पर्शुराम  खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

    images
    images

    संविधानको धारा १६८ को ५ बमोजिम नै नयाँ सरकार बनाउन आह्वान गरिएको छ । यसअघि वर्तमान मुख्यमन्त्री केदार कार्की पनि यही धारा अन्तर्गत मुख्यमन्त्री बनेका थिए । बहुमत जुटाउन सक्ने प्रदेश सभाको कुनै पनि सदस्यले दाबी पेश गर्न सक्नेछ र त्यसका लागि प्रदेश प्रमुखले वैशाख २८ गते बेलुकी ५ बजेसम्मको समय दिएका छन् । 

    images
    images

    संसदको यो कार्यकालमा योसहित सरकार गठनको छैटौं पटक सरकार गठनको आव्हान भएको हो । यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिइएको थियो । संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

    सरकार गठनको आव्हान भएलगत्तै एमाले-माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन् ।

    आफूसहित ८ जना सांसद लिएर आएपछि कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले काँध थापेका थिए । कार्की सरकार पनि धारा १६८ (५) अन्तर्गन नै गठन भएको हो । यस धारा अनुसार मुख्यमन्त्री दाबी गर्न संसदीय दलको नेता चाहिँदैन । प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन् । कार्कीलाई पछि माओवादी र कांग्रेसले विश्वासको मत दिएको थियो ।

    koshi.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार