सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोशीका मुख्यमन्त्री कार्की नयाँ सरकार गठनको आह्वानविरुद्ध अदालत जाने

कोशीका मुख्यमन्त्री कार्की नयाँ सरकार गठनको आह्वानविरुद्ध अदालत जाने

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    कोशीका मुख्यमन्त्री कार्की नयाँ सरकार गठनको आह्वानविरुद्ध अदालत जाने
    images

    काठमाडौं । कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान मुख्यमन्त्री केदार कार्कीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।

    images
    images

    बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेपछि असन्तुष्ट मुख्यमन्त्री कार्कीले अदालत गुहार्न लागेका हुन् । उनी  काठमाडौं आईसकेका छन् । प्रदेश प्रमुखको भूमिकाप्रति उनले कडा आपत्ति जनाएका छन्।  

    images
    images

     ‘प्रदेश प्रमुखबाट घोर असंवैधानिक कदम चल्यो, मुख्यमन्त्री हटाएको पनि छैन, पदमुक्त भएको भनिएको छैन’, उनले भने, ‘दुई वटा प्यारालल सरकार बनाउन पाइन्छ  ?’

    एउटा सरकार हुँदा हुँदै अर्को सरकार गठनका लागि आह्वान भएपछि सर्वोच्च अदालत जान लागेको मुख्यमन्त्री कार्कीले बताए ।

    संविधान अनुसार आफूले विश्वासको मत लिएको भन्दै उनले प्रदेश प्रमुखको आह्वान विरुद्ध आजै रिट दायर गनेृ बताए । ’ उनले सर्वोच्चमा प्रदेश प्रमुखको आह्वान खारेजी र उपधारा ५ अनुसारको सरकार भएकाले आफ्नो नेतृत्वको सरकारको निरन्तरताको माग गर्नेछन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार