सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

महाधिवेशन नै अनियमित ढंगले कब्जा गर्ने देखिएपछि विद्रोह :अशोक राई

महाधिवेशन नै अनियमित ढंगले कब्जा गर्ने देखिएपछि विद्रोह :अशोक राई

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    महाधिवेशन नै अनियमित ढंगले कब्जा गर्ने देखिएपछि विद्रोह :अशोक राई
    images

    काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले अल्पमतको निर्णयलाई उपेन्द्र यादवले पार्टीमा सर्कुलर गरेपछि  विद्रोह गरेको बताएका छन् । जसपा नेपालबाट अलग भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले  महाधिवेशन नै अनियमित ढंगले कब्जा गर्ने देखिएपछि नयाँ पार्टी बनाएको बताए । उपेन्द्र यादवको कार्यशैलीनै समस्या बनेको बताए । 

    images
    images

    उनले भने, ‘उहाँविरुद्ध असन्तुष्टि त छँदै थिए । महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने गतिविधि देखिएपछि, उहाँ अमेरिका उड्नुअघि एउटा परिपत्र जारी गर्नुभएको छ । त्यसको नमुना त्यो पनि हो । त्यो परिपत्रले विष्फोटक स्थिति बनायो ।’

    images
    images

    उनले सत्ताको अंकगणितको कारणले आफूहरुले पार्टी विभाजन नगरेको प्रष्ट पारे ।उनले भने, ‘सत्ताको अंकगणित मिलेकै थियो, त्यो फेर्ने प्रयास भइरहेको कुरा आएको थियो, त्यो संवेदनशिल थियो । यो पार्टी बनेपछि हामीले अस्थिरताका कारक हुँदैनौं भनिसकेका छौं । मुलुक अहिले अस्थिरताको सिकार हुँदै आएको छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार