सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सचेतकहरूसँग सभामुखले गरेको छलफल निष्कर्षहीन, संसदको गतिरोध हट्नेमा संशय

सचेतकहरूसँग सभामुखले गरेको छलफल निष्कर्षहीन, संसदको गतिरोध हट्नेमा संशय

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    सचेतकहरूसँग सभामुखले गरेको छलफल निष्कर्षहीन, संसदको गतिरोध हट्नेमा संशय
    images

    काठमाडौं । सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफल बिना निस्कर्ष सकिएको छ । छलफल बिना निष्कर्ष सकिएसँगै संसदको गतिरोध अन्त्य हुनेमा आशंका पैदा भएको छ । संसदको बजेट अधिवेशन शुक्रवारदेखि शुरु हुँदैछ, तर संसदको गतिरोध हट्ने देखिएको छ ।

    images
    images

    गतिरोध हटाउने प्रयासमा सभामुख घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेपनि सहमति हुन सकेन् ।  बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम नै राखेको छ ।

    images
    images

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठकमा शुक्रवारको प्रतिनिधि सभाको बैठकमा शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूचि तय भएको र शिर्ष नेताहरुको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहजता पूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए ।  

    बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनैपनि कार्यसूचि नराख्ने र शिर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने र काँग्रेसले सभा अवरुद्ध नगर्नेमा विश्वस्त रहेको उनले बताए । ‘भोलि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा प्रमुख प्रतिपक्षले केही माग र मुद्दा उठाएर आन्दोलन गरिरहेको अवस्था छ । भोलिको विषयमा कसरी उहाँहरुले विषय राख्नुहुन्छ भन्ने थियो । भोलिको बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनैपनि कार्यसूचि नराख्ने र शिर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने छ । दलका नेताहरुले बोल्नुहुन्छ । कार्यसूचि यसरी बनाएका छौं ।’ उनले भने, व्यवस्थापन कार्यमा नगइसकेपछि प्रमुख प्रतिपक्षले बैठक सहज रुपमा अघि बढाउने भुमिका खेल्नुपर्छ । सहज गर्नुपर्छ । संसदको बैठकमा शिर्ष नेताहरुले महत्व दिएर सम्बोधन गर्नेकुरा वास्तवमा जरुरी छ । त्यसले राजनीतिक अर्थ दिन्छ । देशभरका समस्या शिर्ष नेताबाट उजागर हुन्छ ।’

     नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रवारको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए । बजेट अधिवेशन भएकाले शुरु हुने र राम्रोसँग व्यवस्थित हुने उनले आशा व्यक्त गरे । 
    ‘भोलि बस्ने संसद बैठकका बारेमा सम्माननीय सभामुखज्युले भोलिको बैठक व्यवस्थित गर्न गृहकार्य गर्नुभएको हो । सदन भोलि शुरु हुन्छ । त्यसमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्छ । बजेट अधिवेशन भएकाले शुरु हुन्छ र बोल्नुहुन्छ ।’ उनले भने । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक शुक्रवार नै बस्ने भएकाले थप निर्णय नभएपनि संसद सामान्य हिसावमा नै अघि बढ्ने बताए । उनले शुक्रवारको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने जानकारी दिए । 
    ‘भोलिको सदनका बारेमा सामान्य के हुन्छ भन्ने कुरा भयो । नेपाली काँग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक भोलि नै बस्ने भएकाले यो भन्ने आज नै केही भएको छैन । सामान्य हिसावमा यो अधिवेशन शुरु गर्ने भन्नेमा छलफल भएको छ । संसद चल्छ । संसदको विषयमा सबै पार्टी गम्भीर छन् । रविजीले भोलि सम्बोधन गर्नुहुन्छ ।’ परियारले बताए । 

    बैठकपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलका प्रमुख सचेतक र सचेतकहरुसँग शुक्रवारको संसद बैठक सञ्चालनसम्बन्धी छलफल भएको बताए । तर  बैठक सञ्चालनमा अझै कुरा नमिलेको र काँग्रेसको संसदीय दलको बैठकपछि थप निर्णय हुने उनले जानकारी दिए । कांग्रेस संसदीय दलको बैठक शुक्रवार विहान बस्दैछ र त्यसपछि फेरि दलहरुबीच छलफल हुनेछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार