२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

वनमा आगो लगाएको आरोपमा गुल्मीमा दुई जना पक्राउ

वनमा आगो लगाएको आरोपमा गुल्मीमा दुई जना पक्राउ

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    images
    वनमा आगो लगाएको आरोपमा गुल्मीमा दुई जना पक्राउ

    गुल्मी । आगो लगाएको आरोपमा गुल्मीमा २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् ।


    images

     उनीहरुलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।  आरोपी दुवै जनाले वनमा आगो लगाएको स्वीकारेका छन् । 

    डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरका अनुसार उनीहरुलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको हो ।उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।

    उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।  डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत ठाकुरले बताए ।  गुल्मीका १२ स्थानीय ८० सामुदायिक वनमा आगो लागेको र २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार