२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पाल्पामा १६ वर्षीया किशोरी बलात्कृत

पाल्पामा १६ वर्षीया किशोरी बलात्कृत

मंगलबार, जेठ २९ २०८१
  • images
    images
    पाल्पामा १६ वर्षीया किशोरी बलात्कृत

    काठमाडौं । पाल्पामा १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। 


    images

    रिब्दीकोट गाउँपालिका-५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभौया पक्राउ परेका हुन्। 

    उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो। 

    पचभौयाविरूद्ध शनिबार दिउँसो किशोरीलाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार