२०८३, असोज १९ गते

सोमबार, असोज १९ गते २०८३

सोमबार, असोज १९ गते २०८३

दुर्गा प्रसाईको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय

दुर्गा प्रसाईको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय

मंगलबार, असार ४ २०८१
  • images
    images
    दुर्गा प्रसाईको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय
    Image: B&C Hospital official website (www.bnchospital.edu.np)

    काठमाडौं । झापामा रहेको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय चिकित्सा शिक्षा आयोगले गरेको छ ।


    images

    आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

    बीएन्डसीका विषयमा अदालतले परमादेश नै दिइसकेकाले सोही अनुसार निर्णय गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए । प्रधानमन्त्रीले बिएन्डसीलाई सम्बन्धन दिनुपर्ने तर्क राखेपछि सदस्यले पनि सहमति जनाएको ती सदस्यले जनाकारी दिए ।

    बालुवाटारमा मगलबार बसेको आयोगको १४ बैठकको प्रमुख एजेन्डा नै त्यही विषय थियो । बैठकमा आयोगका सह–अध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागि थिए ।

    सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार