२०८३, असोज १९ गते

सोमबार, असोज १९ गते २०८३

सोमबार, असोज १९ गते २०८३

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई इरानमा एक वर्षको कारागार सजाय

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई इरानमा एक वर्षको कारागार सजाय

मंगलबार, असार ४ २०८१
  • images
    images
    नोबेल पुरस्कार विजेता मोहम्मदीलाई इरानमा एक वर्षको कारागार सजाय
    Image Source: EIHuffpost

     
    एजेन्सी । बइरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको उनका वकिलले मङ्गलबार बताएका छन् । 


    images

    इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ । 

    “मोहम्मदीलाई प्रणालीविरुद्ध गलत प्रचार गरेको आरोपमा एक वर्षको कारागार सजाय दिइएको थियो”, वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो । उनले ‘यो सजाय जारी गर्नुको कारण’ मा संसदीय निर्वाचनको बहिष्कार गर्ने आह्वान, स्विडिश र नर्वेली सांसदहरूलाई पत्र र ‘श्रीमती दिना गालिबफका बारेमा टिप्पणीहरू’ बताए ।

    अधिकार समूहहरूले पत्रकार तथा छात्रा गालिबफलाई मेट्रो स्टेसनमा अघिल्लो गिरफ्तारीका क्रममा सुरक्षा बलमाथि उनलाई हतकडी लगाएको र यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि हिरासतमा लिइएको बताएका छन् । गालिबफलाई रिहा गरिएको छ । 

    इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले अप्रिल २२ मा गालिबफमाथि ‘बलात्कार नगरिएको’ र उनीमाथि ‘झुटो बयान’ दिएको आरोपमा कारबाही भइरहेको बताएको थियो । 

    मोहम्मदीले यसै महिनाको सुरुआतमा तेहरानमा ट्रायल सत्रमा भाग लिन अस्वीकार गर्नुभएको थियो र मार्चमा कारागारबाट अडियो सन्देश साझा गर्दै इरानमा ‘महिलाविरुद्ध पूर्णस्तरको युद्ध’ को निन्दा गरेका थिए । 

    हालैका महिनाहरूमा इरानी प्रहरीले महिलाका लागि मुलुकको इस्लामिक ड्रेस कोडको कार्यान्वयनलाई तीव्र बनाएको छ र विशेषगरी भिडियो निगरानीको प्रयोग गरिरहेको छ । 

    सन् १९७९ को इस्लामिक क्रान्ति लगत्तै अपनाइएको नियमअन्तर्गत इरानमा महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो कपाल ढाक्न र शालीन कपडा पहिरिन आवश्यक छ । रासस/एएफपी

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार