२०८३, असोज १९ गते

सोमबार, असोज १९ गते २०८३

सोमबार, असोज १९ गते २०८३

छाउगोठमा बसेकी किशोरी नातेदारबाटै बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

छाउगोठमा बसेकी किशोरी नातेदारबाटै बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

बुधबार, असार ५ २०८१
  • images
    images
    छाउगोठमा बसेकी किशोरी नातेदारबाटै बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

    छाउगोठमा बसेकी किशोरी नातेदारबाटै बलात्कृत, १७ वर्षीय किशोर पक्राउकाठमाडौं । अछामको पञ्चदेवल विनायकमा छाउगोठमा बसेकी एक किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।


    images

    पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का १७ वर्षीय किशोर पक्राउ परेका हुन्।  उनलाई जिल्ला प्रहरी कार्यालय अछामको टोलीले मंगलबार दिउँसो पक्राउ परेको हो।

    छाउगोठमा बसेकी किशोरी सोमबार राति पिसाब फेर्न बाहिर निस्किँदा किशोरले बलात्कार गरेको बताएकी छन्। सोही अनुसार एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकले जानकारी दिए। प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका ती किशोर नातेदार पर्नेकुरा खुल्न आएको छ।

    किशोरी मंगलबार बिहान छाउगोठमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उपचारको लागि जिल्ला अस्पताल लगेर होसमा आएपछि बलात्कार भएको कुरा खुलेको डिएसपी पाठकले बताए।  उनी यसअघि पनि बेला-बेला बेहोस हुने भएकाले छारे रोग लागेको र महिनावारी भएको भनेर परिवारलेसमेत किशोरीलाई नछोएको प्रहरी अनुसन्धानमा खुलेको छ। 

    बिहान ढिलासम्म नउठेपछि उनीसँगै सुतेकी साथीले प्रहरी र स्थानीयलाई खबर गरेको थिइन्। उनले खबर गरेसँगै मंगलबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेर उनलाई अस्पताल लगिएको प्रहरीले जानकारी दिए।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार