२०८३, असोज १९ गते

सोमबार, असोज १९ गते २०८३

सोमबार, असोज १९ गते २०८३

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना

साझा पोष्ट
शनिबार, जेठ २४ २०८२
  • images
    images
    सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना

    ईश्वरी न्यौपाने- 


    images

    सान् फ्रान्सिस्को (क्यालिफोर्निया) । नेपालीपन र संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले अमेरिकाको सान् फ्रान्सिस्को शहरमा धार्मिक महोत्सव गरिने भएको छ । नेपालीको पुरानो संस्था नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले जुन ७ देखि १५ सम्म ९ दिने धार्मिक कार्यक्रम तय गरेको हो ।

    महोत्सवमा हिन्दु र बौद्ध धर्मका बिभिन्न पूजा हुनेछन् । श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ तथा  बौद्ध शान्ति पूजा मुख्य कार्यक्रम राखिएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले ९ दिननै भागवत वाचन र बौद्ध गुरु तेन्जिङ्ग लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्नेछन् । 
    भागवत श्रवण गर्नेमात्र नभएर यसपटक सोही मण्डपमा भक्तजनले निजी पुजा पनि गर्न पाउने भएका छन् । पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु)  पूजा, ग्रह शान्ति पूजा, लाख बत्ति पूजा गर्न सकिने धामिर्क महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारी दिए ।

    ‘धेरैलाई विभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलो छैन । त्यसैले भागवतलाई बनेको मण्डपमा सबै सर्दाम आयोजकले जुटाईदिने र भक्तजन आएर पूजा गर्ने व्यवस्ठा गरिएको हो ।’ दवाडीले भने । यी पूजाका लागि तोकिएको शुल्क तिरेर अग्रिम दर्ता गर्नुपर्नेछ ।

    महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ । ९ दिनसम्म यज्ञमा राखेर हरेक दिन पूजिएको कलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामा बोकेको कलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिनेछ ।

    यसका लागि आयोजकले तोकेको पोशाकमा महिलाहरु क्लश बोकेर शोभा यात्रामा सहभागी हुनुपर्नेछ । नेपालबाट कलश र  एकै रङका सारी मगाइएको महोत्सवका सह–संयोजक तथा कलश यात्राकी संयोजक बिष्णु घलेले जानकारी दिए ।

    भागवतमा हुने नित्य पूजाका लागि पनि आयोजकका निश्चित मान्छे नभई जो कोही कर्ता हुन पाउने गरी दर्ता खुला गरिएको छ । ‘पहिलो दर्ता गर्नेले पूजा गर्ने अवसर पाउनेछन्’ संयोजक दवाडीले भने– ‘नान्स सामाजिक संस्था भएकोले समुदायका सबैलाई अवसर दिनका लागि दर्ता परिपाटीबाट सबैलाई अवसर खुला गरिएको हो ।’

    यसअघि सन् २०११ र सन् २०१८ पनि यहाँ महायज्ञ भएको थियो । तर त्यसमा भागवत वाचन मुख्य काम मात्र हुन्थ्यो । यसपटक जस्तो धेरै पूजा र धेरै मानिस प्रत्यक्ष पूजामा सहभागी हुन पाउने गरी आयोजना भएको थिएन ।

    संकलित रकम नेपाली कम्युनिटी सेण्टरलाई 

    नान्सले गत नोभेम्वरमा नेपाली कम्युनिटी सेण्टरको भवन गरेको छ । यस क्षेत्रका मानिसले अभियान सुरु गरेको ४५ वर्षपछी यहाँ भवन खरिदको काम भएको हो । भवनलाई शुद्धिकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्न पाउने गरी  महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले बताए । यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिने दानस्वरुपको रकम नेपाली कम्युनिटी सेण्टरको लागि प्रयोग गरिने कार्कीको भनाई छ ।

    नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमा  भवन किनेकाे हो । त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण  छ । संस्थाले यसअघि २०२४ को अगष्टमा भवन किन्ने तय भएपछि ३ महिनामा ७ लाख रुपैयाँ संकलन गरेको थियो ।  १ लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी ८ लाख ५५ हजार रुपैयाँ भवनलाई नगद डाउन पेमेण्ट गरेको कार्कीले जानकारी दिए । 

    धर्म संस्कृति प्रबर्द्धनन मुल उद्देश्ययसँगै भवनको ऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिक महोत्वसको लक्ष्य रहेको कार्कीले बताए । यज्ञ सम्पन्न गर्न यहाँका संघ संस्था, नान्सका बोर्ड अफ ट्रष्टी, डोनरहरु समेटिएको बृहद आयोजक समिति बनेको छ ।

    जसको संयोजकमा घनप्रसाद दवाडी र सह संयोजकमा नारायण पोखरेल,  बिष्णु घले, पशुपती कँडेल, मुकुन्द दवाडी, केपी ढकाल, भीम थापा, लाक्पा शेर्पा छन् । त्यस्तै बोर्ड अफ ट्रष्टी र केही समावसेवीहरु रहेको सल्लाहकार समिति बनाईएको छ । जसको संयोजकमा दिक्पाल केसी छन् । 
     

    करिव १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जना क्षमताको छ ।  २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार