२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

युवा प्रतिभा र नयाँ नेतृत्वमा केन्द्रित छौँ– मुख्य प्रशिक्षक स्टुआर्ट ल

युवा प्रतिभा र नयाँ नेतृत्वमा केन्द्रित छौँ– मुख्य प्रशिक्षक स्टुआर्ट ल

साझा पोष्ट
आइतबार, वैशाख ६ २०८३
  • images
    images
    युवा प्रतिभा र नयाँ नेतृत्वमा केन्द्रित छौँ– मुख्य प्रशिक्षक स्टुआर्ट ल

    काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले यूएईविरुद्धको आसन्न श्रृंखलाका लागि टोली उत्साहित रहेको र नयाँ खेलाडीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने यो उत्कृष्ट अवसर भएको बताएका छन् ।


    images

    घरेलु मैदानमा फ्लडलाइटमुनि (रातीको समयमा) हुने पहिलो श्रृंखलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक लले टोलीको परिवर्तन, रणनीति र भावी योजनाबारे जानकारी दिएका हुन् । विश्वकप टोलीको तुलनामा पाँचवटा परिवर्तनसहित आएको ‘नयाँ लुक्स’ को टोलीबारे प्रशिक्षकले स्पष्ट पारे । यो छोटो समयको समाधान मात्र नभई क्षमतावान युवाहरूलाई अवसर दिने योजना रहेको उनको भनाइ छ । 
    उनकाअनुसार, ‘यी खेलाडीहरूले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो स्थान सुरक्षित गरेका हुन् । नेटमा मात्र खेलाडीको पूर्ण क्षमता देखिँदैन, दबाबपूर्ण अन्तर्राष्ट्रिय खेलमा हेर्नु आवश्यक छ ।’


    टी–२० विधामा दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तानका रूपमा अघि सारिएको बताउँदै प्रशिक्षकले मैदानमा टोली कप्तानले चलाउने भएको बताए । प्रशिक्षकले केवल मार्गदर्शन दिनभएको र दीपेन्द्र टोलीका उत्कृष्ट खेलाडी भएको बताए ।

    उनले कप्तान नहुँदा पनि नेतृत्वदायी भुमिका निभाउँदै आएका छन् । यो उनको करियरको नयाँ र महत्वपूर्ण कदम भएको प्रशिक्षको भनाइ छ । 
    टोलीमा बायाँहाते अलराउण्डरहरूको बाहुल्यता छ । कुशल भुर्तेल, सन्तोष यादव हुनुको पछाडि विपक्षी टोली यूएईको बलिङ आक्रमणलाई निस्तेज पार्ने रणनीति रहेको प्रशिक्षकले बताए ।  यूएईसँग धेरै बायाँहाते स्पिनरहरू भएकाले त्यसलाई ‘काउन्टर’ दिन बायाँहाते ब्याटरहरू प्रभावकारी हुने उनको तर्क छ । 


    प्रशिक्षक लले यो । श्रृंखलालाई ‘जित्नै पर्ने’ दबाबका रूपमा भन्दा पनि खेलाडीको विकास र क्षमता पहिचानको अवसरका रूपमा लिएका छन् । भोलिबाट शुरु हुने खेलमार्फत नेपालले आफ्नो आगामी एकदिवसीय र टी–२० यात्राको नयाँ खाका तयार पार्ने लक्ष्य राखेको छ ।

    नेपालले दुवै खेल फ्लड लाइटमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा खेल्नेछ । उक्त खेल साँझ पाँच बजेदेखि शुरु हुनेछ । मुख्य प्रशिक्षक लले खेलाडीहरूलाई नतिजाको चिन्ता नगरी खेलको आनन्द लिन सुझाव दिएका छन् । 


    टि ट्वान्टीपछि नेपालले आइसिसी लिग–२ को त्रिकोणात्मक श्रृंखला खेल्नेछ । जहाँ नेपाली टोली आठ राष्ट्र रहेको लिग–२ को अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ । यो श्रृंखलामा जित्नैपर्ने दबाबभन्दा पनि खेलाडीहरूको क्षमता निखार्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव दिलाउने अवसरको रूपमा प्रशिक्षक स्टुआर्टले हेरेका छन् । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार