२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इंग्ल्यान्डको स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री

इंग्ल्यान्डको स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री

साझा पोष्ट
बुधबार, जेठ ६ २०८३
  • images
    images
    इंग्ल्यान्डको स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री

    काठमाडौं । इंग्ल्यान्डको प्रख्यात खेलकुद च्यानल स्काई क्रिकेटले नेपाली क्रिकेटको प्रेरणादायी कथा समेटिएको विशेष वृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गरेको छ।


    images

    ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ (नेपालः क्रिकेटको हिमाल चढ्दै) नाम दिइएको यो वृत्तचित्र नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक युट्युब च्यानलमा पनि अपलोड गरिएको छ ।

    यो वृत्तचित्रले विश्व क्रिकेट जगतमा नेपालले गरेको प्रगति र सङ्घर्षको रोमाञ्चक यात्रालाई देखाएको छ । आइसीसी विश्वकपमा नेपालको सहभागिता, देशैभरि ग्रासरूटदेखि नै क्रिकेटप्रति रहेको ठुलो क्रेज र खेल विकासका लागि भइरहेका अथक प्रयासलाई यसमा  प्रस्तुत गरिएको छ ।

    नेपाली क्रिकेटले भोगेका जित, हार, सङ्घर्ष, अविस्मरणीय क्षण र लाखौँ समर्थकहरूको अटुट साथलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । विशेषगरी सन् २०२४ को टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको दुःखद क्षण र हालै सन् २०२६ मा इङ्गल्यान्डविरुद्ध मात्र ४ रनले हारेकाे खेलका दृश्यहरू पनि यस वृत्तचित्रमा समावेश छन् ।


    हेर्नुस् भिडियो:

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार