२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भारतले फेरि भन्यो- नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइसकेका छौं

भारतले फेरि भन्यो- नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइसकेका छौं

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    भारतले फेरि भन्यो- नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइसकेका छौं

    काठमाडौं,साउन २६ । भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणका लागि निमन्त्रणा दिइसकेको दोहोर्‍याउँदै दुवै पक्षको अनुकूलतामा भ्रमणको मिति तय हुने बताएको छ ।  भारतीय विदेश मन्त्रालय प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।


    images

    प्रवक्ता जैसवालले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गरेको पनि बताए । भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भेटेको एकदिनपछि भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया आएको छ  

     

    उनले भने, ‘हाम्रा राजदूतले त्यहाँका प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ । यस भेटका क्रममा दुई देशबीचको द्विपक्षीय हित र चासोका विविध मुद्दाहरूमा छलफल भएको छ ।’

    प्रधानमन्त्रीको भारत भ्रमणको सम्भावनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै जैसवालले भने, ‘जहाँसम्म भारत भ्रमणको कुरा छ, हामीले उहाँलाई पहिले नै निमन्त्रणा दिइसकेका छौँ । उहाँले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकै समयमा हाम्रा प्रधानमन्त्री (नरेन्द्र मोदी) ले उहाँलाई भारत भ्रमणको निम्तो दिनुभएको हो ।’

    प्रवक्ता जैसवालले यसबारे कुनै नयाँ अपडेट प्राप्त हुनासाथ जानकारी गराइने बताए ।

    उनलाई नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सन् १८१६ मा भएको सुगौली सन्धिको मूलप्रति भेट्टाउन नसकिएको भनेर दिएको अभिव्यक्तिबारे पनि सोधिएको थियो । जैसवालले ठोस जवाफ दिएनन् ।

    उनले भने, ‘भारत र नेपालबीच सम्बन्ध राम्रो छ । केही कुरामा सहमति नबनेका हुन सक्छन् । तर जुनसुकै विषयमा वार्ताको एउटा ढाँचा छ र दुवै पक्ष बसेर कुराकानी गर्न सक्छौँ ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार