२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पूर्णबहादुर र शशांकबीच भेटवार्ता

पूर्णबहादुर र शशांकबीच भेटवार्ता

साझा पोष्ट
बुधबार, साउन २७ २०८३
  • images
    images
    पूर्णबहादुर  र शशांकबीच भेटवार्ता

     काठमाडौं,साउन २७ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा.शशांक कोइरालाबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार बिहान खड्का निवास गल्फुटारमा भेटवार्ता भएको हो ।


    images

    आगामी शुक्रबार काठमाडौंको सुकेधारामा हुन गइरहेको राष्ट्रिय भेलाका बारेमा छलफल गर्न भेला मूल आयोजक समिति संयोजक कोइराला खड्का निवास पुगेका हुन् ।

    खड्का र कोइरालाबीच भएको भेटवार्तामा  नेता एनपी साउद पनि सहभागी थिए । भेटवार्तामा पूर्वउपसभापति खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरिएको छ ।  खड्काले कोइरालको आग्रहप्रति सकारात्मक धारणा व्यक्त गरेको उनले बताए । पछिल्लो समय पूर्वउपसभापति खड्का इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा उपस्थित नभएपछि अनेक अड्कलबाजी भइरहेको छ । खड्काले भेलामा नजाने बताएपछि कोइराला उनलाई भेट्न गएका हुन् । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार